संघीय संसदको प्रतिनिधीसभा बैठक आज बस्दै छ । बैठकमा प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र लोक सेवा आयोगको ६० औं वार्षिक प्रतिवेशन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


ADVERTISEMENT


राष्ट्रियसभाबाट प्राप्त राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विद्येयक २०७५ तथा नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विद्येयक २०७६ टेवल गर्ने कार्यसूची समेत रहेको संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।


ADVERTISEMENT

# # #