भारतको उत्तर प्रदेश राज्यको फर्रुखाबाद जिल्लाको मोहम्मदाबादमा २३ जना बालबालिकालाई अपहरण गर्ने अपहरणकारी सुभाष बाथमको प्रहरीसँगको भीडन्तमा मारिएका छन् ।


ADVERTISEMENT


बन्धक बनाइएका सबै बालबालिका सुरक्षित रहेको अधिकारीहरुले जनाएका छन् । कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालले अपहरणकर्ता सुभाषको प्रहरीसँगको सङ्घर्षमा ज्यान गएको र सबै बालबालिकाको उद्धार गरिएको सञ्चारमाध्यमलाई जनाए ।


ADVERTISEMENT

# # #


अग्रवालका अनुसार सुभाषले अपहरण गरिएका बच्चा छोड्नका लागि एक करोड भारु माग गरेका थिए र आफूमाथि लागेको हत्या आरोप पनि फिर्ता लिन माग गरेका थिए । बिहीबार राति सुभाषले अपहरणमा परेकामध्ये एक जनालाई रिहा गरिदिएका थिए ।

बन्धक बनाइएका बालबालिकालाई मुक्त गर्न एटीएसका विशेष सुरक्षा बल बोलाइएको थियो र प्रहरी अधिकारीहरु पनि घटनास्थलमा तैनाथ थिए ।स्थानीयका अनुसार बिहीबार दिउँसो आफ्नो छोरीको जन्मदिनको बहानामा सुभाषले गाउँका बालबालिकालाई बोलाएर बन्धक बनाएको थियो । बोलाएको थियो । र