काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँको आकाशमा बादल तथा पश्चिम र मध्य तराईमा कुहिरो लागेको छ । अन्य क्षेत्रको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


दिउँसो उच्च हिमाली भेगका केही ठाउँमा सामान्य हिउँ पर्ने सम्भावना रहे पनि धेरैजसो ठाउँमा मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


तराईमा लागेको कुहिरो पनि अपरान्ह्बाट हटेर मौसम सफा हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । आगामी तीन दिनसम्म मौसम बदली तथा पानी पर्ने सम्भावना नरहे पनितराईमा बिहान कुहिरो लाग्ने हुँदा चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ ।