काठमाडौं ।
संघीय संसद प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज अपरान्ह् तीन बजे प्रतिनिधि सभाको बैठक  गरिएको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेद्वारी परेकोले पनि सभामुखमा उहाँकै जीत निश्चित छ ।


ADVERTISEMENT


तर अर्को उम्मेद्वारी नपरेपनि मतदानबाहेक निर्वाचनको अन्य प्रक्रिया भने पुरा गर्नुपर्नेछ । सापकोटाका प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्ण छन् ।


ADVERTISEMENT

# # #


प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सापकोटा सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुने संसद सचिवालयले जनाएकोछ छ ।