काठमाडौं – आइसीसी एकदिवसीय लिग २ अन्तर्गत नेपालमा हुने अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलि घोषणा गरेको हो ।


ADVERTISEMENT


पोखराको बन्द प्रशिक्षणपछि मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरिएको क्यानले जनाएको छ । घोषणा गरिएको टोलीमा दुई जना नयाँ अनुहारले अवसर पाएका छन् । अलराउन्डर कुशल मल्ल र तीव्र गतिका बलर कमलसिंह ऐरीले पहिलो पटक टिममा स्थान बनाएका बनाएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि नै टी-२० अन्तर्राष्ट्रियमा नेपालबाट डेब्यू गरिसकेका कुशलले एकदिवसीयमा पहिलो पटक स्थान बनाएका हुन् भने यू-१९ टिमका मुख्य बलर कमल भने पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । यी दुई जना नयाँ अनुहार आउँदा दुई मुख्य खेलाडी भने बाहिरिएका छन् ।

तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी र भेट्रान स्पिनर वसन्त रेग्मी टिमबाट बाहिरिएका छन् । सोमपाल ढाडको समस्याका कारण टिममा पर्न सकेनन् भने वसन्त पारिवारिक कारणले सिरिज खेल्नेछैनन् । वसन्तलाई केही दिन अघि मात्र पुत्रीलाभ भएको थियो ।

तीन देश सम्मिलित आइसीसी विश्वकप क्रिकेट लिग २ नेपाल, ओमन र अमेरिकाले प्रतिस्पर्धा गर्दैछन् । अमेरिका र ओमानले सिरिजका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान)
टोलीमा दिपेन्द्र सिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दीप लामिछाने
करण केसी
आरिफ शेख
विनोद भण्डारी
अविनाश बोहोरा
कुशल मल्ल
कमलसिंह ऐरी
सुसान भारी
रोहित पोडैल
शरद भेषवाकर
ललितनारायण राजवंशी

नेपालको खेल तालिका

माघ २२ – नेपालविरुद्ध ओमान
माघ २३ – ओमानविरुद्ध अमेरिका
माघ २५ – नेपालविरुद्ध अमेरिका
माघ २६ – नेपालविरुद्ध ओमान
माघ २८ – अमेरिकाविरुद्ध ओमान
माघ २९ – नेपालविरुद्ध अमेरिका