चीनमा देखिएको नयाँ भाइरस चीनभन्दा बाहिरका देशमा पनि फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो भाइरसबाट तीन जनाको ज्यान गइसकेको छ ।


ADVERTISEMENT


चीनभन्दा बाहिर जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसबाट संक्रमित भएका व्यक्तिहरुको घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ वर्षको लागि लाखौँ चिनियाँ नागरिक घुम्न गएका बेला यो भाइरस फैलिएको अनुमान छ । चीनमा मात्रै एक हप्तामै यो भाइरसका बिरामी तेब्बर सङ्ख्याले बढेको पाइएको छ ।


ADVERTISEMENT

# # #


हुवान शहरमा मात्र देखिएको यो भाइरसको सङ्क्रमण अरु शहरमा पनि फैलिएको हो । हुवानमा मात्रै अहिले दुई सयभन्दा धेरै बिरामी रहेका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी बेइजिङ, शङ्घाई र सेनजेनमा समेत भेटिएको बताइएको छ ।

निमोनिया गराउने कोरोनोभाइरसको नयाँ प्रजाति मानिसबाट मानिसमा सर्ने चीनले यसअघि नै पुष्टि गरिसकेको छ । अहिलेसम्म उपचारमा संलग्न १४ जना स्वास्थ्यकर्मीलाई पनि यो भाइरस सरेको स्थानीय सञ्चारचारमाध्यमले जनाएका छन् ।

ुसि फुडु पाइने बजारबाट यो भाइरस मानिसमा सरेको भनिए पनि यसबारे वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् ।