अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी १८ लडाकु मारिएका छन् । उनीहरूले अरु १० जनालाई पनि लडाकु नै भएको आशंकामा पक्राउ गरेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।


ADVERTISEMENT


देशका ३४ प्रान्त मध्ये ११ प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा भएका घटनामा परी उनीहरुको ज्यान गएको समाचारमा जनाइएको छ । त्यसैगरी १४ स्थानमा भएका सुरक्षा कारबाहीका क्रममा छ लडाकु घाइते भएको सरकारी अधिकारीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #