पुरातात्त्विक महत्त्व बोकेको कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा रहेका बहुमूल्य धातुका मूर्तिमध्ये सबैभन्दा ठूलो भगवान्‌ दत्तात्रयको मूर्ति भेटिएको छ।


ADVERTISEMENT


चन्दननाथ नगरपालिका -१ मा पर्ने दानज्युलोमा मूर्ति भेटिएपछि स्थानीयले प्रशासनलाई खबर गरेका थिए।खेतमा पानी लगाउन गएका बेला आफूसहित तीन जनाले आलीमा मूर्ति देखेपछि स्थानीय प्रशासनलाई खबर गरेको तलिचौरका लोकेन्द्र बताए।


ADVERTISEMENT

# # #


विस २०७३ साल मङ्सिर ११ गते चोरी भएका मूर्तिमध्ये दत्तात्रय भगवान्‌को त्रिमुखा मूर्ति भेटिएपछि स्थानीय बासिन्दाले अबिरजात्रा गरेर मूर्ति भित्र्याएका थिए ।