वैज्ञानिकहरूले चीनमा एक प्रकारको नयाँ भाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या आधिकारिक सङ्ख्याभन्दा बढी हुन सक्ने बताएका छन् । चिनियाँ आधिकारिक विवरण अनुसार अहिलेसम्म ४५ जना सो भाइरसबाट सङ्क्रमित भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको छ।


ADVERTISEMENT


तर त्यो सङ्ख्या १,७०० को नजिक हुन सक्ने यूकेका विज्ञहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।गत डिसेम्बर महिनामा वुहान शहरमा पहिलो पटक देखिएको नयाँ प्रकारको कोरोनाभाइरसबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ।


ADVERTISEMENT

# # #