( एजेन्सी


ADVERTISEMENT


पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ । अझै युवा अवस्थाका मानिसहरुलाई समेत हृदयघातको समस्या देखिन थालेको छ । पहिला पाका उमेरका मानिसमा हृदयघातको समस्या देखिन्थ्यो । तर, पछिल्लो समय हृदयघातका कारण युवा अवस्थामानै मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ ।
तर, खुर्सानीको सेवनले हृदयघातको हतरा केहि हदसम्म टरेर जाने एक अनुसन्धानले देखाएको छ । अनुसन्धानका क्रममा हप्ताको ४ पटक मात्रै खुर्सानी सेवन गर्ने मानिसमा हृदयघातबाट मर्ने खतरा ४० प्रतिशतले कम हुने देखिएको छ । इटालीमा गरिएको एक अनुसन्धानले खुर्सानी सेवन गर्ने मानिसलाई हृदयघातबाट मर्ने खतरा खुर्सानी सेवन नगर्ने मानिसमा भन्दा ४० प्रतिशतले कम रहेको देखाएको हो ।


ADVERTISEMENT

# # #


धेरैले जिब्रोका स्वादका लागि खुर्सानीको सेवन गर्ने गरेका छन् । तर, खुर्सानी सेवन लाभदायक छ भन्ने कमै मानिसलाई मात्रै थाहा छ । हालै मात्र गरिएको उक्त अनुसन्धानले नियमित रुपमा खुर्सानी सेवन गर्दा मुटुका रोग र हृदयघातबाट मर्ने खतरा कम हुने कुरा पत्ता लगाएको हो ।

२३ हजार मानिसमा गरिएको उक्त अध्ययनमा इटालीका खुर्सानी सेवन गर्ने र नगर्ने दुबै खाले मानिस समावेश गरिएको थियो । अध्ययनमा सहभागीहरुका स्वास्थ्य अवस्था र उनीहरुको खानेकुरा खाने आदतका बारेमा आठ वर्षसम्म नियमित अनुगमन गरिएको थियो । त्यस दौरानमा अनुसन्धानकर्ताहरुले के थाहा पाए भने हप्ताको कम्तिमा चार पटक खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा ४० प्रतिशत कम भएको देखियो । जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित सो अध्ययनको रिपोर्टअनुसार हृदयघातबाट मर्नेहरुको संख्या आधाभन्दा बढी थियो ।