गोलभेडामा भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियमको मात्रा पर्याप्त हुने हुनाले स्वास्थ्यका हिसावले पनि लाभदायक नै मानिन्छ । गोलभेडाले मानिसको छालालाई चम्किलो बनाउँछ । गोलभेडाको प्रयोग कोलेस्ट्रोल कन्ट्रोलका लागि पनि महत्वपूर्ण मानिन्छ ।


ADVERTISEMENT


अचार तथा तरकारीमा प्रयोग गरिने गोलभेडाको जुस बनाएर खाँदा पनि स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ । गोलभेंडाको जुसले तपाईको हराएको शरीरको ऊर्जालाई ल्याउछ ।


ADVERTISEMENT

# # #


यदि तपाई थकान महशुस गर्नु भएको छ भने उर्जा ल्याउन गोलभेडाको जुस पिउनुहोस् । यसको सेबनले रक्तसञ्चारलाई सन्तुलनमा ल्याउछ । जुस पिउँदा शरीरको वजन पनि कम गर्छ । यसले शरीरमा भएको बोसो घटाउन मद्दत गर्छ ।