एजेन्सी – हिउँमा पुरेको १८ घण्टापछि एकजना किशोरीलाई जिवितै उद्धार गरिएको छ । पाकिस्तान नियन्त्रित काश्मिरमा हिमपातमा पुरिएकी एक १२ वर्षीया किशोरीको उद्धार गरिएको हो ।


ADVERTISEMENT


रोयटर्ससँग कुराकानी गर्दै समीना बिबिले हिमपातमा घर पुरिएपछि सहयोगका लागि चिच्याएर बसेको बताइन्। उद्धार हुनुअघि आफू घरभित्रै मर्ने सोचेको बताइन्।


ADVERTISEMENT

# # #


पाकिस्तानी नियन्त्रित काश्मिरको निलम उपत्यकामा हिमपातले हालसम्म कम्तिमा ७४ जनाको मृत्यु भइसकेको छ । हिमपातले भारत प्रशासित काश्मिर र अफगानिस्तानको केही भूभाग पनि प्रभावित भएको छ ।

हिमपातमै फसेकि समीनालाई बकवाली गाउँबाट उद्धार गरियो । उनलाई मुज्जफराबादस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गराइएको छ । उनकी आमा शहनाज बिबिले हिम पहिरो आउनु अघि घरका सबै सदस्यहरु तीन तले घरमा आगो तापेर बसेको बताइन् । आँखा झिमिक्क पार्दा घर नै पुरिसकेको थियो । उनले छोरीको जिवितै उद्धार हुने आशा आफूहरुले त्यागिसकेको बताइन् ।

सरकारी अधिकारीहरुले हिमपातमा कम्तिमा एकसय जनाको मृत्यु भइसकेको जनाएको छ । भारत प्रशासित काश्मिरमा पनि हिमपातमा कम्तिमा आठ जनाको मृत्यु भइसकेको छ ।