कांग्रेसमा संस्थापन इतर पक्षको भेलामा सहभागी ४७ जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवालाई आज भेट्दैछन् । बुढानिलकण्ठस्थित सभापति निवासमा विहान १० वजेपछि हुने भेटमा केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा गत १० गते गरेका निर्णय सच्याउन आग्रह गरिने इतरपक्षका नेताले जनाएका छन् ।


ADVERTISEMENT


सभापति देउवाले पछिल्ला समयमा पार्टीलाई एक्लै लैजान खोजेको भन्दै असन्तुष्ट बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको छुट्टै भेला बोलाएको थियो । देउवा निवासमा सभापतिहरुलाई बिहान खानाको समेत व्यवस्था गरिएको छ ।


ADVERTISEMENT

# # #