काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न सबैको सहयोग र सहकार्य आवश्यक रहेका बताएका छन् ।


ADVERTISEMENT


समुदाय–प्रहरी पालिका समिति, चन्द्रागिरिले मंगलबार ग्रिनल्याण्ड बैंक्कट थानकोट चेकपोष्टमा गरेको सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रममा डीआईजी पोखरेलले समाज परिवर्तन गर्न वा सुधार गर्न आफैबाट सुरू गर्नु पर्ने, आफु सुधार भए मात्र समाज र राष्ट्रलाई सुधार वा  परिवर्तन गर्न सकिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


आफ्ना आफन्तबाट नै धेरै घटनाहरू घटेको स्मरण गराउँदै सुरक्षित समाज निर्माणको लागि सबैको सहयोग र सहकार्यको आवश्यकता पर्ने समेत उनले बताए ।  उनले प्रहरी समुदाय साझेदारी कार्यक्रममार्फत नागरिकहरूसँग अझ नजिक हुने हुनुले कुनै घटनाको जानकारी तुरून्तै प्रहरीलाई दिन आग्रह समेत गरे । काठमाडौँ राजधानी प्रवेश मुख्य नाका भएकाले राजधानीको शान्ति र सुरक्षा कडा हुनुपर्ने भन्दै थानकोट प्रहरीलाई निर्देशन समेत दिए ।

कार्यक्रममा महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले चन्द्रागिरी नगरपालिका उपत्यकाको एउटा मुख्य ढोका रहेको बताएका छन् । उनले भने, ‘नेपालभरका मान्छेहरु चन्द्रागिरीबाट राजधानी प्रवेश गर्नुहुन्छ, त्यसैले सबैको पहिलो नजर चन्द्रागिरी पर्छ ।’

राजधानीको सुरक्षा व्यवस्था कस्तो छ भन्ने कुराको पनि चन्द्रागिरी नगरपालिकाले महत्वपूर्ण भूमिका राख्छ, एसएसपी ढकालले भने, ‘चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरु एकदमै सक्रिय छन् ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले शान्ति सुरक्षालाई मजबुत बनाउन प्रविधिमैत्री बनाउनुपर्ने बताए ।’