विलासिताका वस्तुको आयतमा सरकारले करको दर बढाएपछि भन्सार राजश्व संकलन प्रभावित भएको छ । मुलुकभरका भन्सार कार्यालयबाट संकलन हुने राजश्वमा पछिल्लो ५ महिनामा ३ दशमलव ६८ प्रतिशतले गिरावट आएको भन्सार विभागले जनाएको छ । मुलुककै सबैभन्दा ठुलो विरगन्ज भन्सार कार्यालयमा अघिल्लो बर्षको तुलनामा राजस्व संकलन १० प्रतिशत भन्दा वढीले कमी आएको छ । मंसिरसम्म ५८ अर्ब ४७ करोड ८४ लाख राजस्व असुली भएको छ ।


ADVERTISEMENT


वीररगन्ज भन्साले गत वर्ष सोही अवधिमा ६५ अर्ब १६ करोड ९५ लाख रूपैंया राजस्व संकलन गरेको थियो । यस्तै विराटनगर भन्सार कार्यालयमा पनि राजश्व संकलन गत वर्षभन्दा १९ दशमलव २७ प्रतिशतले कमी आएको छ । गतवर्ष अवधिमा १६ अर्ब ४ करोड राजस्व संकलन गरेको विराटनगरले यो वर्ष मंसिरसम्म १३ अर्ब १२ करोड राजस्व संकलन गरेको छ । यस्तै मेची भन्सार कार्यालयले लक्ष्यको ७ दशमलव ४१ प्रतिशत अथार्त ३ अर्ब ८८ करोड राजस्व संकलन गरेको छ ।


ADVERTISEMENT

# # #


त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालय पनि गत वर्षको तुलनामा ७ दशमलव ९८ प्रतिशतले कम राजस्व संकलन गरेको छ । गत वर्षको ५ महिनामा ८ अर्ब ६ करोड राजस्व संकलन भएकोमा चालु वर्षको ५ महिनामा ७ अर्ब ४२ करोड रुपैयाँ मात्रै संकलन गरेको छ । राजविराज, नेपालगन्ज, महाकाली, कंचनपुर, राजापुर र कृष्णनगर भन्सार कार्यालयले पनि लक्ष्य भन्दा कम राजश्व संकलन गरेको भन्सार विभागको तथ्याङ्मा उल्लेख छ ।