अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउन आवश्यक सहयोग गर्ने बताउनुभएको छ । ट्रम्पमाथिको महाअभियोग प्रस्ताव माथिल्लो सदनमा विचाराधिन छ । यसअघि संसदको तल्लो सदनले महाअभियोग प्रस्तावमा मतदान गर्नुअघि भने बोल्टनले छानबिनमा सहयोग नगर्ने बताउनुभएको थिए ।


ADVERTISEMENT


आफ्नै भनाइलाई बदल्दै बोल्टनले पछिल्लो पटक दिएको प्रतिक्रियामा आफू ट्रम्प विरुद्धको महाअभियोग छानबिनका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि ट्रम्पले युक्रेनलाई दबाब दिइएको र सदनमा हस्तक्षेप गरेको भन्दै गत महिना अमेरिकी तल्लो सदनले ट्रम्पविरुद्ध महाअभियोग लगाएको थियो ।


ADVERTISEMENT

# # #