नेपाली कांग्रेस संस्थापन इतर पक्षका जिल्ला सभापतिहरुको बैठक बस्दैछ । सानेपास्थित पार्टी कार्यलयमा बिहान ११ बजेपछि बस्ने बैठकमा पछिल्लो समय पार्टीले गरेका निर्णयहरु सच्याउन माग गर्ने तयारी छ । संस्थापन पक्षले बुहुमतको आडमा पेलेर जान खोजेको र विधान विपरित निर्णय गरेको तथा मनलाग्दी विभाग गठन देखि नेविसंघ, तरुणदल लगायत १४ औँ महाधिवेशनको कार्ययोजना ल्याएको भन्दै इतर पक्ष असन्तुष्ट छ ।


ADVERTISEMENT


इतरपक्षको भेलाका कारण कंग्रेसमा थप कलह बढ्ने देखिएको छ । यसअघि हिजो सभापति शेरबहादुर देउवाले भेला रोक्न उपसभापति विमलेन्द्र नीधि सहितका नेताहरुलाई जिम्मा दिएपनि सहमति हुन सकेन ।


ADVERTISEMENT

# # #