विराटनगर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले राष्ट्रियसभामा बृद्धिजीवी तथा विज्ञहरु जाने ठाउँ भएकाले सोहीअनुसार नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार दिएको बताएकी छन्।


ADVERTISEMENT


नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित उम्मेदवार भेटघाट कार्यक्रममा उनले राजनीतिक आस्था र विचारभन्दा पनि विज्ञहरु जाने राष्ट्रियसभा विधान बनाउने तथा परिस्कृत गर्ने थलो हो भनिन् ।


ADVERTISEMENT

# # #


उनले जनताको मौलिक हक, अधिकार सुरक्षित बनाउन राष्ट्रियसभाको भूमिका अग्रणी छ भन्दै जनताको सुशासन र स्वतन्त्रताको जगबाट मुलुकमा समृद्धि आउने कुरामा जोड दिइन् ।

उम्मेदवार राजेन्द्र घिमिरेले पार्टीलाई सुदृढ एवं सङ्गठित पार्न काँग्रेस क्रियाशील छ भने।

राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट महिलातर्फ सुनसरी धरान उपमहानगरपालिका–१ का ६५ वर्षीया मीना पुलामी मगर, दलिततर्फ फिदिम नगरपालिका–१ का ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुल्लातर्फ झापा भद्रपुर नगरपालिका–८ का ५८ वर्षीय राजेन्द्र घिमिरे छन् ।