काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुष २७ गतेभन्दा अघि नै सभामुखको नाम टुँगो लाग्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


सोमबार रिपोर्टर्समा बोल्दै नेता शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुख कसलाई बनाउने भन्नेबारे टुँगो लगाउने बताएका हुन् । उनले पार्टीबाट सभामुख कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको जिकिर गरे । ‘हामी पुष २७ गतेभित्रै यो सबै कुराको टुँगो लगाउँछौं । जो भएपनि नेकपाकै हुनुहुन्छ’ उनले भने । यद्दपी उपसभामुख प्रतिपक्षी दललाई दिनेबारे छलफल भइरहेको र यसमा सहमतिमा पुग्ने उनले बताए ।


ADVERTISEMENT

# # #


नेता शर्माले सभामुख कसलाई बनाउने भन्नेबारे पार्टी अध्यक्षद्वयबीच छलफल भइरहेको भन्दै उनीहरुको अनुसार नै हुने बताए । यस्तै उनले सभामुख चयनमा राष्ट्रपतिले हस्तक्षेप नगरेको बताए । ‘सरकारले पनि राष्ट्रपतिलाई ब्रिफ गर्छ । आवश्यक परे उहाँले पनि सरसल्लाह गर्नुहुन्छ ।’ उनले भने, ‘सभामुख चयनमा उहाँले कुनै चासो राख्नुभएको छैन् । यो संसदको चासोको विषय हो । यसमा राष्ट्रपतिको कन्र्सन छैन् ।’

शर्माले प्रदेश नम्बर २ को सरकार गिराउने वा ढाल्ने पक्षमा आफूहरु नरहेको पनि जिकिर गरे । उनले भने,‘हाम्रो पार्टीले त्यस्तो केही सोचेको छैन् ।’ यस्तै एमसीसी पारित हुने उनले विश्वास दिलाउँदे भने, ‘हामी छलफल गरेर यसलाई सहमतिमै पारित गर्छौं । तर, एमसीसीमा रहेका राष्ट्रिय अहितका विषय सच्याउँछौं ।’