गाईघाट, उदयपुर– शुक्रबार बेलु्कीदेखि आएको निरन्तर वर्षाका कारण बेलका नगरपालिका– ४ र ५ स्थित सिसुवा खोला र सेती खोलामा भीषण बाढी आउँदा धान बालीमा ठूलो क्षति भएको छ ।


ADVERTISEMENT


स्थानीय लालसिसुवाका दीपक परियारका अनुसार सिसुवा खोलामा आएको बाढी धानबालीमा पसेपछि सिसुवाखोला आसपासमा पच्चीस बिगाहा भन्दा बढी खेतको धानबाली नष्ट भएको छ । यस्तै सेतीखोलाको बाढीका कारण बीसैँ बिगाहा जग्गाको धानबाली पुरिएको स्थानीय धनबहादुर भुजेलले बताए ।


ADVERTISEMENT

# # #


यस्तै शनिबार आएको भीषण बाढीले बेलकाको जहडामा केही विद्युत्को पोलसमेत ढालेर विद्युत् अवरुद्ध बनाएको स्थानीयवासी होमबहादुर मगरले बताए। ठोक्सिला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास राईले पनि ती स्थतनमा बाढीले क्षति पुर्याएको पुष्टि गरेका छन्। वर्षाका कारण क्षतिका सम्बन्धमा तथ्यांक संकलन गर्न समेत समस्या भएको प्रहरी उनले बताए ।

निरन्तर बाढी आएपछि बेलका क्षेत्रका सेतीखोला, लालसिसुवा खोला आसपास बसोवास गर्दैआएका स्थानीयवासी सुरक्षितस्थानतर्फ सर्न थालेको पनि स्थानीयले जनाएका छन् ।

यस्तै भिषण वर्षाका कारण त्रियुगा नगरपालिका– ११ बरुवा खोलामा आएको बाढीले शनिबार स्थानीय अनिष खड्काको एउटा ट्याक्टर बगाएको स्थानीयवासी राजकुमार राउतले बताए ।

नदीले ट्याक्टर बगाए पनि ट्याक्टर चालकले भने बाढीमा पौडिएर ज्यान बचाएको उनले जानकारी दिए । रासस