काठमाडौं–लगातारको अविरल बर्षाका कारण नेपाल विद्युत प्राधिकरणको दुहवी सवस्टेशन डुवानमा परेपछि कोसीपूर्वका सवै जिल्लामा विद्युत अवरुद्ध भएको छ ।


ADVERTISEMENT


विद्युत भार प्रशारण केन्द्रका प्रमुख विष्णु प्रसाद श्रेष्ठका अनुसार लगातारको बर्षाले १३२ केभी प्रशारण लाइनको दहवी सवस्टेशन डुवानमा परेपछि कोशीपुर्वका जिल्लामा विद्युत अवरुद्ध भएको हो ।


ADVERTISEMENT

# # #


पानी फालेर सवस्टेसन मर्मत गर्न दुईतिन दिन लाग्ने भएकाले ति स्थानमा अझै केही दिन विद्युत प्रवाह गर्न असम्भव रहेको विद्युत प्राधिकरणले जनाएको छ ।
त्यस्तै, इलामको चुलाचुलीमा रहेको कावेली करीडोर अन्र्तगतको प्रशारण लाइन समेत अवरुद्ध भएको छ ।

कावेली जलविद्युतबाट उत्पादित विद्युत पुर्वी नेपालका पहाडी जिल्लामा वितरण गरिएको छ । उक्त प्रशारण लाइनको १७ र २० नम्बरबीचका विद्युत टावर ढलेको छ । यस्तै पुर्वकै २० मेगावाटको माइखोला जलविद्युत आयोजनको उत्पादन पनि शुक्रबारबाट बन्द भएको छ ।

यता चितवनको भरतपुर सवस्टेशन पनि डुवानमा परेको छ ।