सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक सरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कमिटी बैठक सार्ने निर्णय गरेको हो। राष्ट्रियसभाको निर्वाचनको तयारी गर्नुपर्ने भएकाले बैठक सारिएको नेकपाले जनाएको छ।


ADVERTISEMENT


पुस २३ का लागि तय भएको केन्द्रीय कमिटी बैठक माघ १५ गते बस्ने गरी सरेको हो।गत पुस ६ गते सकिएको स्थायी कमिटी बैठकले पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।


ADVERTISEMENT

# # #