एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ ठाउँमा अमेरिकाले आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।
अमेरिकी सम्पति या मानिस कोहीलाई आक्रमण गर्न खोजे छिट्टै आक्रमण गर्ने ट्रम्पले चेतावनी दिनुभएको हो ।
इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएपछि ट्रम्पको यो भनाई आएको हो । गत शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानी मारिएका थिए ।
ट्रम्पले ट्विटरमार्फत भन्नुभएको छ, ‘आफ्ना सैन्य कमान्डरको मृत्युपछि इरानले अमेरिकी सम्पत्तिमाथि निशाना बनाउनेबारे साहसपूर्वक कुरा गरिरहेको छ’, ‘यदि त्यसो भएमा इरानका ५२ क्षेत्र अमेरिकाको तारो बन्ने छन् ।’
त्यस्ता ५२ क्षेत्र इरानले केही वर्ष पहिले नियन्त्रणमा लिएका आफ्ना नागरिकहरूको प्रतिनिधित्व हुनेगरी सूचीकृत गरिएको ट्रम्पको भनाइ छ ।
ट्रम्पले त्यस्ता ५२ क्षेत्र कुन कुन् हुन् भनेर विस्तारमा नखुलाए पनि इरान र यसको संस्कृतिका लागि ती महत्त्वपूर्ण रहेको बताएका छन् ।