दमक । प्रदेश एकका सामाजिक बिकासमन्त्री जिवन घिमिरेको उपस्थितीमा झापाको दमकबाट शनिबार १५ जना सडक बालबालिकाको उद्धार गरिएको छ ।


ADVERTISEMENT


https://www.facebook.com/nirakar.chettry/videos/1302405629951602/?t=88


ADVERTISEMENT

# # #


अभिभावक विहिन , घरायारी समस्या तथा अन्य विभिन्न कारणले सडकमा जिवन बिताउन बाध्य उनीहरुको प्रदेश सरकार, दमक नगरपालिका तथा बालबालिका खोजतलास केन्द्रको समन्वयनमा उद्धार गरिएको बताईएको छ ।

सरकारले काठमाडौपछि प्रदेश एकलाई सडक बालबालिकारहित प्रदेश बनाउने योजना अनुरुप सो अभियान अघि बढाईएको मन्त्री घिमिरेले बताए । उद्धारमा स्वयम् मन्त्रि घिमिरेकै प्रत्यक्ष उपस्थिती रहने गरेको छ ।

उद्धार गरिएका बालबालिकाहरुलाई उचित बाताबरणमा पढ्ने ,सीप सिक्ने र पेशा ब्यवसायमा लाग्न उत्पेरीत गराईने मन्त्री घिमेरेले जानकारी दिएका छन् ।

अभियान प्रदेश एकका सबै ठाउँमा गरिने बताईएको छ ।

दमकबाट उद्धार हुनेमा बिर्तामोडका १६ बर्षीय सबिना बिक ,भद्रपुरकी १५ बर्षीय रुपा श्रेष्ठ ,धनकुटाका १५ बर्षीय अश्विन परियार, दमक ८ का १५ बर्षीय नरेस खड्का , भद्रपुरका १६ बर्षीय भिम कटेल ,भद्रपुरकै ८ बर्षीय राज श्रेष्ठ , दमकका १३ बर्षीय निरास प्रसाई, इलामका १८ बर्षीय विवेक तामाङ्ग, भद्रपुरका १८ बर्षीय सुरज श्रेष्ठ ,भद्रपुरकै १८ बर्षीय घनबहादुर श्रेष्ठ , दमकका १८ बर्षीय राहुल तामाङ्ग, यस्तै कमल ५ का १७ बर्षीय मञ्जित चौधरी , भद्रपुरका १४ बर्षीय विमल श्रेष्ठ ,सोही ठाउँका १७ बर्षीय सुरज श्रेष्ठ रहेका छन् ।

यसअघि सुनसरीको धरानबाट पनि ३५ सडक बालबालिको उद्धार गरिएको छ ।

हेर्नुहोस् मन्त्री घिमिरेको प्रतिवद्धता : 

https://www.facebook.com/nirakar.chettry/videos/1301844600007705/?t=2