• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




अस्ट्रेलियामा चम्किए सन्दीप

Jan 4, 2020 |

अस्ट्रेलियामा चम्किए सन्दीप

290
SHARES
ShareTweet
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गर्नुभएको छ ।
बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आउनुभएका उहाँले आज मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिनुभएको हो । उक्त खेलमा मेलबर्न स्टार्स आठ विकेटले विजयी भएको छ ।
अघिल्लो खेल चोटका कारण गुमाउनुभएका सन्दीपले आज चार ओभर बलिङ गर्दै २६ रन खर्चिनुभयो । उहाँले पहिलो ओभरमा बिना कुनै विकेट सात रन दिनुभयो । आफ्नो दोस्रो ओभरमा पनि सन्दीपले कुनै विकेट झार्न सक्नु भएन । उहाँले सो ओभरमा १२ रन खर्चिनुभयो ।
तेस्रो ओभर भने उहाँका लागि उपलब्धिपूर्ण रह्यो । उक्त ओभरमा उहाँले दुई विकेट लिँदै चार रन मात्र खर्चिनुभयो । उहाँले सावन मार्स र डेनियल क्रिष्टिनलाई पेभेलियन फर्काउनु भएको थियो । आफ्नो अन्तिम ओभरमा सन्दीपले टोम कुपरको विकेट लिँदै तीन रन मात्र खर्चिनुभयो । यस यामको बिग ब्यासमा सन्दीप हालसम्म पाँच खेल खेल्दै छ ।
सन्दीपको टोली मेलबर्न स्टार्सले आज टस जितेर फिल्डिङ राजेपछि मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो । एक सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १८ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । बिग ब्याशमा सन्दीपको टोली मेलबर्न स्टार्स अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
मेलबर्नले हालसम्म छ खेलमध्ये पाँचमा जित निकाल्दै १० अङ्क बटुलेको छ ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousबीमा समितिले तोक्यो कृषि बीमाको कार्यक्षेत्र
Nextमौसममा आजदेखि सुधार आउने

ताजा खबर

  • मनसुनको हावापानीको अवस्था अद्यावधिकः यस वर्ष मधेसको दक्षिण भूभागमा कम वर्षा हुने
  • ‘नेशनल म्यूजिक अवार्ड २०८१’ गर्दै रेडियो कान्तिपुर, कुमा र दुर्गेशसहितको भव्य कन्सर्ट हुने
  • ‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’
  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने सदस्यहरुको जोड
  • प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved