• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




को को भए राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसका उम्मेदवार ? (नामावली सहित)

Jan 4, 2020 |

को को भए राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसका उम्मेदवार ? (नामावली सहित)

1.1k
SHARES
ShareTweet
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ ।
निर्वाचन आगामी माघ ९ गते हुँदैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार (धनुषा) अल्पसङ्ख्यक÷अपाङ्गता, प्रदेश नं ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) लाई उम्मेदवार चयन गरेको आज जानकारी दिनुभयो ।
यसैगरी प्रदेश नं ४ बाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य, विमला गौचन (म्याग्दी) महिला, प्रदेश नं ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसङ्ख्यक÷अपाङ्गता, प्रदेश नं ६ बाट डिल्लीराम पाठक (सुर्खेत) अन्य, सावित्री पौडेल (सुर्खेत) महिला र प्रदेश नं ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य, तुलसी देवकोटा (कैलाली) चयन हुनुभएको छ ।
काँग्रेसले निर्वाचनमा प्रदेश नं २ मा समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । उक्त सहमतिअनुसार प्रदेश नं २ मा हुने चार सदस्य पदको निर्वाचनमा काँग्रेस र समाजवादी पार्टीले दुई÷दुई पदमा उम्मेदवारी दिनेछन् । नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ ।
संविधानको धारा ८६ (३ं) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाई सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousअनेरास्ववियुको भागवन्डा टुंगियो
Nextराष्ट्रियसभामा को कस्को म्याद सकिँदै ? नयाँ उमेद्वारको मनोनयन आईतवार

ताजा खबर

  • रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ
  • ‘ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुयल फण्ड’को सार्वजनिक निष्काशन तथा बिक्री खुला
  • ‘आफ्ताब आलमलाई सफाइ दिएर अदालतले हामीमाथि अन्याय गर्‍यो’
  • २०८४ सम्ममा मुलुकभरिका दलित ,सुकुम्बासी र अव्यवस्थित जग्गाधनीले लालपुर्जा पाउनेछन् : अर्थमन्त्री पौडेल
  • नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, ९ अर्ब ५० करोडको कारोबार

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved