काठमाडौँ– इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा कांग्रेस नेता मोहम्मद आफ्ताब आलमले अदालतबाट सफाइ पाएपछि एकव्यक्तिले अन्याय भएको जनाएका छन् ।
भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमारले मोहम्मद आफ्ताब आलमले सफाइ पाउदा आफुहरुलाई अन्याय भएको गुनासो गरेका हुन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गौरीशंकरले २०६४ चैत २७ गते आलमको इटाभट्टामा काम गरेको पैसा लिन जादाँ आलमको घरमा बम पड्एिको बताए ।
उनले उक्त घटनामा आफु गम्भीर घाइते भएको भन्दै आफ्नो घाउ खत देखाएका थिए । अदालतको फैसलाले आफुलाई अन्याय भएको उनले बताए । अफ्ताब आलमले नै बम विष्फोट गराएको भन्न नसकेपनि आमलकै घरमा बम विष्फोट भएको उनको भनाइ छ ।
इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दिएको छ । उच्च अदालतको फैसलामा बम पड्किएकै पुष्टि हुन नसकेका उल्लेख छ ।