काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा उम्मेदवारहरुको टुङ्गो लगाएको छ।


ADVERTISEMENT


माघ ९ गते हुने निर्वाचनका लागि सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सहितको नामावली सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


नेकपाले प्रदेश १ मा महिला तर्फ इन्दु गौतम, दलतीबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ।

प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपाले प्रदेश २ मा राजपासँग तालमेलको सहमति गरिसकेको छ।

यस्तै प्रदेश ३ बाट महिलामा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ। भुसाल नेकपाका स्थायी समिति सदस्य हुन्।

गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन्। यस्तै महिलामा भगवती न्यौपानेलाई उम्मेदवार बनाईएको छ।

प्रदशे ५ मामहिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई उम्मेदवार बनेका छन्।

प्रदेश ६ मा नेकपाले अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी तथा सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेदवार बनेका छन् ।