स्तन क्यान्सर पत्ता लगाउन डाक्टर भन्दा कृत्रिम बुद्धिमता भएको मेसिन अर्थात आर्टिफिसियल ईन्टेलिजेन्स एआई बढी प्रभावकारी हुने एक अध्ययनले देखाएको छ । मेमोग्रामको अध्ययनबाट आएका २९ हजार रिर्पोट अध्ययनका लागी चिकित्सक र कप्युटर दुवैलाई दिईएको थियो ।


ADVERTISEMENT


एउटा एआई दुई जना डाक्टरले एकै साथ काम गरे सरहको क्षमताको हुने जर्नल नेचरले उल्लेख गरेको छ । गुगल हेल्थ र लण्डनको ईम्पेरियल कलेजले संयुक्त रुपमा गरेको अध्ययनले मानिसले भन्दा नथाकि काम गर्न सक्ने मेसिनले क्यान्सर पत्ता लगाउन निकै मद्धत गर्ने छ ।


ADVERTISEMENT

# # #


डाक्टरहरुले विरामीको बिमारीको इतिहास सहित मेमोग्राम हरेर निर्णय गर्छन भने एआईलाई तत्कालको मेमोग्राम मात्रै उपलब्ध गराएर परिक्षण गरिएको बीबीसीले उल्लेख गरेको छ । रेडियोलोजिष्टको कमी रहेकाले विश्वमै स्तन क्यान्सर पत्ता लगाउने एआई महत्वपूर्ण सावित हुने गुगल हेल्थले उल्लेख गरेको छ ।