ताईवानमा आज भएको सैन्य हेलिकप्टर दुर्घटनामा सेना प्रमुखसहित ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा सेना प्रमुख शेन यी मिङसहित उच्च पदस्थ सैन्य अधिकारीहरुको मृत्यु भएको हो । सोङ्गशान हवाई शिविरबाट ताइवानको उत्तर पूर्वमा रहेको सैन्य आधार शिविरका लागि स्थानीय समय अनुसार ७ बजेर ५२ मिनेटमा उडेको हेलिकप्टर आधा घण्टापछि सम्पर्कबिहीन भएको थियो ।


ADVERTISEMENT


त्यसलगत्तै राजधानी ताईपेई नजिकको पहाडी क्षेत्रमा आकस्मिक अवतरण गर्ने प्रयास गर्दा हेलिकप्टर दुर्घटना भएको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । सो हेलिकप्टरमा १२ जना सवार थिए । ४ जनाको भने सकुशल उद्धार गरिएको छ ।


ADVERTISEMENT

# # #