काठमाडौं – पश्चिमी वायु सक्रिय भएपछि काठमाडौंसहित पश्चिमी नेपालमा बिहीबार वर्षा भएको छ ।


ADVERTISEMENT


काठमाडौंको पूर्वी, दक्षिणी तथा दक्षिण पश्चिमी भूभागमा दिउँसो फाट्फुट्ट पानी परेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । नगरकोटीका अनुसार प्रदेश ७, प्रदेश ६ र प्रदेश ४ का केही भूभागमा बिहीबार हल्का वर्षा भएको छ ।


ADVERTISEMENT

# # #


शुक्रबार पनि पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसविद नगरकोटीका अनुसार बिहीबार विहान ८ः४५ बजेको न्यूनतम तापक्रम ४.५ मापन गरिएको छ । अधिकतम् तापक्रम १८.४ हुने अनुमान गरिएको छ ।

हिमाली भेगमा हिमपात
मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएको थियो ।

गएरातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताए ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लेकाली भेगका ठाँउमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी र औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको बताए ।