काठमाडौँ– नेपाली काँग्रेसले मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरोले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।


ADVERTISEMENT


काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी केही दिनदेखि मुलुकभर परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् । विज्ञप्तिमा बाढी पहिरोका कारण सुनसरी, झापा, सिन्धुली, दाङ, बर्दिया, मोरङलगायत जिल्लामा ३० भन्दा बढी व्यक्तिको मृत्यु, ठूलो संख्यामा बेपत्ता तथा घाइते र ठूलो धनमालको क्षति पुगेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


काँग्रेसले बाढी पहिरोका कारण लत्ताकपडा, खाना र बस्ने स्थानको समस्या हुँदै गएको र पीडितको दैनिक जीवन कष्टकर बन्दै गएको भन्दै पीडित परिवारको तत्काल उद्धार गरी यथोचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । यस्तै, पार्टीले स्थानीय पार्टी समिति, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थालाई तुरुन्त घटनास्थलमा पुगेर पीडित परिवारको उद्धार गरी राहत कार्यमा सहयोग गर्न निर्देशनसमेत दिएको छ ।