नवलपरासी । नवलपरासीको बर्दघाट नजिक बाटो भत्कँदा पूर्ब पश्चिम महेन्द्र राजमार्ग खण्डको यातायात ४८ घण्टा देखि ठप्प भएको छ ।


ADVERTISEMENT


शुक्रबार राती परेको पानीले बाटो भत्कँदा लामो तथा छोटो दूरीका पूर्ब र पश्चिम जाने सवारी र यात्रुहरु अलपत्र परेका छन् ।


ADVERTISEMENT

# # #


भत्किएको बाटो बनाउने र यातायात सुचारु गर्ने प्रयास भईरहेको अरुणखोला प्रहरी चौकीका असई हरिबहादुर रानाले हिमालय पोष्टलाई जानकारी दिएका छन् ।

यस्तै, नवलपरासीकै दाउन्नेमा समेत पहिरो जाँदा यातायात प्रभाबित बनेको छ ।

अबिरल बर्षा र बाढीका कारण हजारौँ यात्रुहरु बीच बाटोमै बिचल्लीमा परेका छन् ।

 

यातायातको अबरोध शनिबार राती सम्म खुलाउने गरी काम भईरहेको नवलपरासी प्रहरी एसपी प्रमुख मुकुन्दराज आचार्यले बताए ।