काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनवार्ता भएको छ ।


ADVERTISEMENT


बुधबार बिहान प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन गर्दै नयाँ वर्ष २०२० को शुभकामना साटासाट गरेका छन्।


ADVERTISEMENT

# # #


दुई प्रधानमन्त्रीहरु बीच नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन २०१९ सफल रहेको र सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा विश्वास व्यक्त गरिएको जनाईएको छ ।

प्रधानमन्त्री ओलीले मोदीलाई पुनः नेपाल भ्रमणको लागि आग्रह समेत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तस्विर : फाईल फोटो