काठमाडौं – साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा बिहिबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)लाई १–० गोलले हरायो ।


ADVERTISEMENT


मनाङको जितमा जगजित श्रेष्ठले २५औं मिनेटमा गोल गरेका थिए । जगजितले भीडाल लुइसको पासमा गरेको गोलनै मनाङलागि प्रयाप्त बन्यो । लिगमा मनाङको यो लगातार तेस्रो जित हो । जितसँगै शीर्ष स्थानमा रहेको मनाङको नौ अंक छ ।


ADVERTISEMENT

# # #


मनाङले यसअघि लिगको पहिलो खेलमा एपीएफलाई २–० र दोस्रो खेलमा आर्मीलाई १–० गोलले पराजित गरेको थियो । ब्रिगेडको तीन अंक छ । पहिलो खेलमा मच्छिन्द्रसँग पराजित भएको ब्रिगेड दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई हराएको थियो ।