काठमाडौँ – पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रगियोगिताको फाइनल प्रवेशका लागि विराटनगर टाइटान्सले बुटवन ब्लास्टर्सलाई १६६ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


बिहीबार पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६५ रन बनायो । विराटनगरका लागि सुनिल धमला र कप्तान प्रदीप ऐरीले उत्कृष्ट पारी खेले । प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेका सुनिलले ५४ बलमा ६ चौका र २ छक्काको मदतमा ६१ रन जोडे ।


ADVERTISEMENT

# # #


यस्तै पाचौँ नम्बरमा आएका प्रदीपले आक्रमक ब्याटिङ गरे । उनले मात्र १३ बलमा नटआउट ३३ रन बनाउँदा १ चौका र ४ छक्का ठोके । यस्तै लोकश बम र पुनित मेहराले समान १९ रन जोडे । मोहम्मद जियाद आलमले २० रन बनाए ।

बुटवलका लागि हर्ष टोंकले दुई विकेट लिए भने ललित सिंह भण्डारी र अभिनास बोहराका नाममा समान १-१ विकेट रह्यो ।  खेलको विजेता टोली फाइनल प्रवेश गर्नेछ । पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज यस अघि नै फाइनल प्रवेश गरिसकेको छ ।

चितवन लगातार दोस्रो पटक फाइनल पुगेको हो भने बुटवल वा विराटनगरको विजेता टोली पहिलो पटक फाइनल पुग्नेछ । पहिलो संस्करणमा पोखरा पल्टनले चितवनलाई हराउँदै फाइनल जितेको थियो ।