ज्योतिष शास्त्र बमोजिम सूर्यमाथि राहुको प्रकोप लागेपछि सूर्यग्रहण लाग्छ । ज्योतिष ज्योतिष शिव पोखरेल धार्मिक मान्यता बमोजिम सूर्य राहुबाट ग्रसित भयो भने ग्रहण लागेको बताउँछन् । सूर्यग्रहणलाई समुद्र मन्थनसँग जोडिएको छ । समुद्र मन्थनपछि निस्केको अमृत विष्णुले कन्याको रुप धारण गरी देवता र दानवमा बाँड्न थाल्नुभयो । अमृत देवतालाई मात्रै दिने र छल गरेर दानवलाई अमृत नदिने देखेपछि एकजना दानव देवताको रुप धारण गरी अमृत लिन पुगे ।


ADVERTISEMENT


दानवले देवताको रुप धारण गरेको देख्ने देवताले उक्त रहस्य खोल्नुभयो । र दानव र देवताबीच ठूलै युद्ध हुन पुग्यो । रहस्य खोल्ने अरु कोही नभई राहु हुनुहुन्थ्यो । ज्योतिष पोखरेलका अनुसार दानवबाट बच्न राहु संरक्षणको लागि कहिले सूर्यतिर ढल्किने त कहिले चन्द्रमा तिर ढल्किने अवस्था आयो । र दानवबाटै श्रापित भएर सूर्यतिर ढल्किदा सूर्यग्रहण लाग्ने र चन्द्रमातिर ढल्किदा चन्द्रग्रहण लाग्ने पोखरेलले बताए ।


ADVERTISEMENT

# # #


सूर्य वा चन्द्रग्रहण लागेको बेला भोजन गर्दा, नाङ्गो आँखाले हेर्नु जस्ता गतिविधि गर्नेलाई राहुको प्रकोप हुनु भनेको उक्त प्रकृयाले गर्दा नै भएको
ज्योतिषहरुको तर्क छ ।