सामान्यतया चन्द्रमा सूर्य र पृथ्वीको बीचमा पर्दा सूर्यग्रहण लाग्छ । पृथ्वी र चन्द्रमाले सूर्यको परिक्रमा गर्ने क्रममा चन्द्रमा सूर्य र पृथ्वीको ठीक बीचमा पर्ने संयोग नै सूर्यग्रहण हो । अर्थात चन्द्रमा बीचमा परेको बेला सूर्य चन्द्रमाले छेक्न पुग्दा पृथ्वीमा छायाँ बन्न जान्छ । र छायाँ बनेको पृथ्वीको धरातलमा सूर्य छेकिन गएको देखिने अवस्थालाई सूर्यमा ग्रहण लागेको भनिन्छ ।


ADVERTISEMENT


खण्डग्रास र खग्रास सूर्यग्रहण देखिनुमा विभिन्न तत्वले काम गरेको हुन्छ । चन्द्रमा र पृथ्वीले आफ्नो अक्षमा घुम्ने क्रममा प्रत्येक १८ महिनामा पृथ्वीको कुनै न कुनै भागमा सूर्यग्रहण लागेको देखिन्छ ।


ADVERTISEMENT

# # #


चन्द्रमाको बनोट करीब साढे करोड वर्षअघि भएको विश्वास गरिन्छ । र बिस्तारै चन्द्रमा पृथ्वीबाट टाढिदैछ । उक्त दुरी वार्षिक करीब १.६ इञ्च – चार सेन्टिमिटर मापिएको छ । वर्तमान अवस्थामा आकाशमा चन्द्रमाको आकार सूर्यको जत्तिकै देखिन्छ । र त्यसै कारणले पूर्णरुपमा छेकेको देखिने हो । तर उक्त कारण सधैं सत्य हुन्न ।

नेपालबाट सूर्यको खण्ड परेको भाग मात्रै देखिने हुँदा यसपटकको ग्रहणलाई वलय सूर्य ग्रहण भनिएको हो । नेपालबाट ‘रिङ्ग अफ फायर’को आकारमा सूर्य देखिन्न । तर यूरोप, एसिया, अष्ट्रेलिया र अफ्रिकाको केही भागबाट भने सूर्य उक्त आकारमा देखिनेछ ।

नेपालको पूर्वी भागबाट यसअघि सन् १९६५ को नोभेम्बर २३ तारेखको बिहान ‘रिङ्ग अफ फायर’को आकारमा सूर्य देखिएको थियो । अब फेरि नेपालले उक्त संयोगका लागि करीब ४५ वर्ष कुर्नुपर्नेछ । ‘रिङ्ग अफ फायर’कै आकारमा अब सन् २०६४ को फेब्रुअरी १७ को बिहान नेपालबाट सूर्य ‘रिङ्ग अफ फायर’को आकारमा देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।