काठमाडौँ – पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा बुटवल ब्लास्टर्सले विराटनगर टाइटान्सलाई १३४ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


नियमित कप्तान सोमपाल कामी बिनै मैदान उत्रिएको बुटवलले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो । बुटवलका लागि हर्ष टोंकले सर्वाधिक ६७ रनको पारी खेले । त्यसक्रममा उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै शिभम् सिंहले ३७ तथा सिद्धान्त लोहनीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरका लागि मोहम्मद आलमले शानदार बलिङ गरे । ४ ओभरमा उनले २० रन मात्रै दिएर ४ विकेट चट्काए । यस्तै किशोर महताले २ तथा दिपेश श्रेष्ठ र साहव आलमले समान १–१ विकेट लिए ।