काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मीप्रपन्‍न निरौलाले ३० वर्षको सेवापछि अवकाश लिएका छन् ।


ADVERTISEMENT


साढे २५ वर्ष नेपाल राष्ट्र बैंकमा बिताएका निरौला अवकाश हुनु एक महिनाअघि सोमबारदेखि बिदामा बसेका छन् ।


ADVERTISEMENT

# # #


२०५५ सालमा नेपाल बैंकको एक अर्ब रुपैयाँ कर्जा घोटाला काण्डको अनुसन्धानमा काम गरेका उनले डेढ वर्ष वित्तीय सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन टिममा रहेर काम गरेका छन् ।

निरौला राष्ट्र बैंकले बैंके अफ काठमाण्डुको व्यवस्थापन लिँदा सञ्चालक समितिमा गई चुनाव गराएर पुनः सञ्चालक समितिमा फर्किएका थिए । एनसीसी बैंकमा समस्या हुँदा राष्ट्र बैंकबाट खटिएर व्यवस्थापन समूहको संयोजक बनेर समेत उनले काम गरेका थिए ।

क्षमतावान, ईमान्दार र कर्तव्यनिष्ठ परिचय कमाउँदै निरौलाले राष्ट्र बैंकबाट बिदा लिएका हुन् ।