काठमाडौं, फागुन १७। हिन्दी फिल्मका सुपरस्टार सलमान खान आफ्नो आगामी चलचित्र ‘ट्युबलाइट’का लागि निकै सतर्क छन् ।
उनी आफ्नो चलचित्रलाई आमिर खानको ‘दंगल’भन्दा उत्कृष्ट सावित गर्न चाहन्छन् । ‘दंगल’ले भन्दा बढी कमाउने उनको लक्ष्य छ । ‘ट्युबलाइट’ले बक्स अफिसमा ४०० करोडको कारोबार गरेको हेर्न चाहन्छन् सलमान । उनी यो चलचित्रलाई लिएर कुनै पनि ‘रिस्क’ उठाउन चाहँदैनन् ।


ADVERTISEMENT


वर्षमा एक वा दुई चलचित्रमात्र गर्ने सलमान खानको चलचित्र ‘ट्युबलाईट’ आगामी ईदमा प्रदर्शन हुँदैछ ।
यो चलचत्रिको प्रचारप्रसारको काम सुरु भइसकेको छ ।


ADVERTISEMENT

# # #


उनले अप्रिल अन्तिममा एसएस राजामौलीको चलचित्र ‘बाहुबली २’ को प्रदर्शन हुने थाहा भएपछि आफ्नो चलचित्र प्रचार गर्ने समयलाई केही पर सारेका छन्