काठमाडौँ, फागुन १७ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले आजबाट काठमाडौंमा दोस्रो लगानी सम्मेलन हुँदैछ । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा हुन लागेको सम्मेलन भोलीसम्म चल्नेछ ।


ADVERTISEMENT


२५ वर्षपछि हुन लागेको सम्मेलनमा दक्षिण एसियालीसहित चीन, अमेरिका, युरोपेली देशहरु र केही खाडी देशका लगानीकर्ताहरुसँगै कुटनीतिक नियोगका प्रतिनिधि समेत सहभागी हुँदै छन् ।


ADVERTISEMENT

# # #


उद्योग मन्त्रालय, लगानी बोर्ड, योजना आयोग र निजि क्षेत्रको सहयोगमा गर्न लागिएको सम्मेलनमा मुख्य आठ क्षेत्रमा लगानीका लागि आहृवान गरिने बताइएको छ । कृषि, बैंकिङ, सूचना तथा प्रविधि, उर्जा, पर्यटनलगायतमा विदेशी लगानी भित्रयाउन सम्मेलन सार्थक हुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा करिब एक खर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धताको घोषणा हुने अपेक्षा गरिएको छ । सम्मेलनमा २३ मुलुकका २५० भन्दा बढी संस्थागत तथा व्यक्तिगत लगानीकर्ताका साथै स्वदेशी लगानीकर्ता, दलका शिर्षस्थ नेता, मन्त्री, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका वरिष्ठ अधिकारी लगायत सहभागि हुनेछन ।

सम्मेलनमा सबैभन्दा बढी चीनबाट ८९ ख्याती प्राप्त कम्पनीका प्रतिनिधिको सहभागिता हुनेछ । यस्तै भारतबाट २१, श्रीलङ्काबाट २०, मलेसियाबाट १४, जापानबाट १३, क्यानाडाबाट १२, हङकङबाट १०, बेलायत, दक्षिण कोरिया र भियतनामबाट आठआठ, रुसबाट सात र अमेरिकाबाट ६ वटा कम्पनीका प्रतिनिधिको सहभागिता हुने तय भएको उद्योग मन्त्रालयले जनाएको छ ।