काठमाडौँ – सरकारले सीमा क्षेत्रमा थप ११४ वटा सुरक्षा चेकपोष्ट थप्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार जनाएअनुसार मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा ११४ सीमा सुरक्षा पोष्ट थप गर्ने निर्णय गरेको हो
पछिल्लो समय कालापानी, सुस्ता लगायत भारतसंगको सीमामा समस्या देखिएपछि सरकारले यस्तो निर्ण गरेको हो । यसअघि १०७ वटा सीमा सुरक्षा पोष्ट थिए । सीमा सुरक्षा पोष्ट थपिएसँगै अब २२१ वटा सुरक्षा पोष्ट हुनेछ ।