काठमाडौं – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ । दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेन ।


ADVERTISEMENT


सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा दुबै टोलीले गोल गर्न नसक्दा खेल ०–० को बराबरीमा सम्पन्न भयो । बराबरीसँगै दुबै टोलीले एक एक अङ्क बाँडेको छ । जावलाखेल युथ क्लबले खेलको ११ औं मिनेटमा नै पाएको अवसर गोलमा परिणत गर्न सकेनन ।


ADVERTISEMENT

# # #


सुजित बुढाथोकीको पासमा विजय घलानको प्रहारले गोल पोष्ट भेटन सकेन । १६ औं मिनेटमा रुपेश केसीको प्रहार बक्स बाहिरै गोलरक्षक टेकेन्द्र थापाले बचाए ।

खेलको ६९ औं मिनेटमा थ्री स्टारका लागि सुन्दर अवसर पाएका विजय भुजेलको प्रहारले दिशा लिन सकेनन । गोलरक्षक बिट भइसकेको अवस्थामा भुजेलको प्रहार गोलमा परिणत हुन सकेन ।