काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय गिरिजा प्रसाद कोइरालाको जीवनमा आधारित ‘प्रजातन्त्रका लागि अपहरण’ नामक बृत्तचित्र प्रदर्शन गरिएको छ ।


ADVERTISEMENT


गिरिजाप्रसाद कोइराला (जीपी) फाउन्डेसन मकवानपुरले हेटौंडामा नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्तीका लागि वि. स. २०३० मा बिमान अपहरण गर्दाका घटनाहरु समेटिएको बृत्तचित्र प्रस्तुत गरेको हो । फाउन्डेसनकी केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री सुजाता कोइरालाको उपस्थितीमा पत्रकार जगत नेपालले निर्माण गरेको बृत्तचित्र प्रर्दशन गरिएको हो ।


ADVERTISEMENT

# # #


कोइरालाले प्रजातन्त्र प्राप्तीका लागि खेलेको भूमिकाबारे सो अवसरमा स्मरण समेत गरिएको छ ।

सोही अवसरमा फाउन्डेसनकी केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री कोइरालाले फाउन्डेसनको हेटौंडा कार्यालयको उद्घाटन समेत गरेकी छन् ।

कार्यक्रममा फाउन्डेशन ३ नम्बर प्रदेश संयोजक रिता खनाललगायत, रामचन्द्र अर्याल माइकल, विष्णु लामिछाने, प्रदिप कोइराला, हेटौँडा उपमहानगर–४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल सहित जिल्लाका युवा नेताहरु भीमसेन महत, ईश्वर पाठक, इन्दिरा न्यौपाने, अन्जना उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

फाउन्डेशनका सचिव रामहरी तिमल्सिनाले सन्चालन गरेको कार्यक्रममा फाउन्डेशनका जिल्ला संयोजक नारायण लम्सालले अध्यक्षता गरेका थिए ।