काठमाडौं – शनिबारबाट सुरू हुन लागेको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटका लागि काठमाडौं गोल्डेन्सले तीन भारतीय खेलाडी अनुबन्ध गरेको छ ।


ADVERTISEMENT


गौरव तोमरसहित जयकिशन कोल्सावाला र सुवोध भाटी गरी काठमाडौं गोल्डेन्सले तीनजना भारतीय खेलाडी अनुबन्ध गरेको हो ।


ADVERTISEMENT

# # #


नेपालमा यसअघि पनि यी तीन खेलाडीले पोखरा प्रिमियर लिगसहित फ्रेन्चाइज लिग खेलिसकेका छन् । गौरव ब्याट्सम्यान हुन् भने कोल्सावाला विकेटकिपर तथा सुवोध अलराउण्डर हुन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंमा सुबास खकुरेल, अमित श्रेष्ठ, बसन्त रेग्मी, पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव र अमृत भट्टराई छन् ।