काठमाडौ – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार जुडोको ७८ केजी मुनीको तौल समूहमा नेपाललाईस्वर्ण पदक थपिएको छ ।
सो समूहमा पुनम श्रेष्ठले नेपालका लागि स्वर्ण पदक दिलाएकी हुन् । यो सँगै सागमा नेपालको स्वर्ण पदक संख्या ४८ पुगेको छ ।
१३औं सागमा जुडोका लागि नेपाललाई यो दोस्रो स्वर्ण पदक हो ।