काठमाडौं – धावक गोपीचन्द्र पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा स्वर्ण जितेका छन् । यो नेपालले जितेको ३७ औं स्वर्ण हो । पाँच हजार मिटर दौडमै नेपालकै हरिकुमार रिमालले काँस्य पदक जितेका छन् ।


ADVERTISEMENT


गोपीले पाँच हजार मिटरको दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे । भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेर गोपीले स्वर्ण पदक जिते । नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जिते ।


ADVERTISEMENT

# # #


गोपीको स्वर्ण संगै जारी सागमा नेपालको स्वर्णसंख्या ३७ पुगेको छ ।