काठमाडौँ – नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले आज माल्दिभ्सविरुद्ध खेल्दैछ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर ब्याटिङ थालेको छ । पहिलो खेल श्रीलंका यू-२३संग हारेको नेपालले दोस्रो खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतक र पूर्वकप्तान पारस खड्काको अर्धशतकमा भुटानलाई १४१को विशाल अन्तरले हराएको थियो ।


ADVERTISEMENT

# # #


सागमा स्वर्ण जित्ने यात्रालाई जारी राख्नका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ । शनिबार नेपालले बंगलादेश यू२३संग खेल्नेछ ।

माल्दिभ्सविरुद्ध नेपालको अन्तिम ११
ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, विनोद भण्डारी, पवन सर्राफ, रोहित पौडेल, अभिनास बोहोरा, ललित नारायण राजवंशी र सुसन भारी ।