काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विभिन्न तहको तदर्थ समिति गठन गर्ने समयसीमा २० दिन थप गरेको छ । यसअघि तदर्थ समितिको गठन कात्तिक मसान्तसम्म भइसक्नुपर्ने निर्धारण गरिएको थियो ।


ADVERTISEMENT


राजपा नेपालले प्रेस विज्ञप्ति जारी गरी बुधबार बसेको बैठकको निर्णयहरु सार्वजनिक गरेको छ । राजपा नेपालको अध्यक्ष मण्डलको बैठकले तदर्थ समिति गठनमा समस्या रहेको निकायहरुमा २० दिन म्याद थप गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले केन्द्रिय पर्यवेक्षकहरुलाई मङ्सिर २५ गतेसम्म आ आफ्नो क्षेत्रको कार्य सम्पन्न गरी मङ्सिर ३० गते बोलाइएको पर्यवेक्षकहरुको बैठकमा प्रतिवेदन प्रस्तुत गर्न निर्देशन दिइएको बताए ।

बैठकले मङ्सिर ५ गतेदेखि राजपा नेपाल अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महतोले सम्हाल्ने निर्णय समेत गरेको छ ।